Sajhamanch Archive

एमिटीको वार्षिकोत्सवमा विज्ञान कला प्रदर्शनी तथा खाद्य मेला

Published: in समाज by .

बिर्तामोड । बिर्तामोडको आदर्श शिशु इङ्लिस स्कुल (एमिटी एजुकेशन फाउण्डेशन)–ले आफ्नो १५औं वार्षिकोत्सवमा विज्ञान कला प्रदर्शनी, खाद्य मेला तथा सर्पदंश सम्बन्धी सचेतना लगायतका कार्यक्रम गरेको छ । विद्यार्थीहरुलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान दिने उद्देश्यले यसवर्ष फरक तरिकाले वार्षिकोत्सव मनाएको विद्यालयका प्रिन्सिपल सीताराम ढकालले जानकारी दिए ।

विगत वर्षहरुमा सांस्कृतिक कार्यक्रम गरेर वार्षिकोत्सव मनाइँदै आएको थियो । सो अवसरमा अभिभावकसहित नौ जनालाई सम्मान गरिएको छ । समाजसेवी सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’, ज्येष्ठ नागरिक गणेशप्रसाद रिजाल, पत्रकार तुलसीसाद निरौला, अभिभावकहरु फणिन्द्र–उर्मिला चापागाई, सर्फराज–साइस्ता शेख र प्रेम–कमला गौतमलाई सम्मान गरिएको हो ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुले विभिन्न प्रकारका खाद्य परिकारहरु बनाएर अभिभावक तथा अतिथिहरुलाई परिकारको स्वाद चखाएका थिए । त्यस्तै, उनीहरुले विभिन्न प्रकारका कलाकृति तथा विज्ञान तथा प्रविधि सम्बन्धी उपकरणहरु बनाएर दर्शक तथा अभिभावकको मन जितेका छन् ।

विद्यालयका प्रिन्सिपल सीताराम ढकालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल उत्तम पराजुलीले स्वागत मन्तब्य राखेका थिए ।

वार्षिकोत्सव समारोहमा विद्यालयमा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै, कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, कराते (काता) लगायतका प्रस्तुति गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक गणेशप्रकाश आचार्यले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *