‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा
Published:
by .काठमाडौं । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को आज बुधबार काठमाडौंमा तामझामका साथ घोषणा गरिएको छ ।
हरेक नेपाली नागरिकलाई वर्षमा कम्तिमा १०० दिन रोजगारी दिने सरकारको प्रतिबद्धताका साथ सरकारले यो कार्यक्रम अघि सारेको हो । कडा प्रकृतिको मापदण्डका बीच सरकारले बेरोजगारलाई भत्ता प्रदान गर्ने पनि जनाएको छ ।
नेपालमा हाल बेरोजगारहरुको एकिन तथ्याङ्क नभएकाले शुरुमा बेरोजगारको कूल तथ्याङ्क संकलन गर्ने सरकारको लक्ष्य रहेको छ ।
त्यसका लागि सरकारले प्रत्यक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने जनाएको छ । जहाँ एकजना रोजगार संयोजक रहने छ । बेरोजगार व्यक्तिको दर्ता कार्य भने चैत्र १ गतेदेखि शुरु गर्ने सरकारको लक्ष्य छ ।
Comments