Sajhamanch Archive

स्वर्गीय नेम्वाङको सम्मानमा पाँचथरमा सार्वजनिक बिदा

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

फिदिम । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको माघ २६ गते भएको निधनमा शोक मनाउन आज यहाँका सबै स्थानीय तहमा सार्वजनिक बिदा भएको छ ।

सात गाउँपालिका र एक नगरपालिका रहेको पाँचथर जिल्लामा नेम्वाङको निधनले अपुरणीय क्षति पुगेका कारण सार्वजनिक बिदा दिएर उनको सम्मान गरिएको हो ।

गत शनिबार फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा आयोजित कार्यक्रममा सम्बोधन गरेलगत्तै बेहोस भई ढल्नुभएका प्रमुख नेम्वाङको उपचारका लागि इलाम जिल्ला अस्पताल लैजाने क्रममा निधन भएको थियो ।

हिलिहाङ गाँउपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देनका अनुसार स्वर्गीय नेम्वाङको आज अन्त्येष्टि गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *