Sajhamanch Archive

चलचित्र ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री सारा अली खानले त्यस लगत्तै फिल्म ‘सिम्बा’ मा पनि अभिनय गरिन् ।

Published: (Updated: ) in टिप्स/जानकारी by .

काठमाण्डौ । फिल्म ‘सिम्बा’ बक्स अफिसमा सुपरहिट भएसँगै अभिनेत्री सारा अली खानको बलिउडमा निकै चर्चा भयो ।

साराको अभिनय र कन्फीडेन्सको चौतर्फी प्रशंसा पनि भयो उनलाई बलिडकै क्षमतावान र पढेलेखेकी अभिनेत्री रहेको चर्चा पनि भयो ।

अहिले सार्वजनिक खबरअनुसार अब सारा अली खान एक आत्मनिर्भर रहेको कुरा पनि साबित गरिदिएकी छिन् ।

खबरहरुका अनुसार हालसम्म आमा अमृता सिंहका साथ बस्दै आएकी सारा अली खानले एक्लै बस्ने निर्णय लिएकी छिन् । मृता सिंह छोरी सारालाई लिएर निकै पाजेटिभ थिइन् । सारा हरेक कुरामा अमृता सिंहको सल्लाह अनुसार नै काम गर्थिन् ।

सारा अली खान गाडीमा सामानहरु राख्दै गरेको तस्विरहरु सामाजिक सञ्जाल तथा मिडिया सार्वजनिक भएका थिए ।

ती तस्बिर सार्वजनिक भएसँगै मिडियाले सारा उनकी आमाको जुह स्थित घर छोडेर आफ्नो छुट्टै घरमा जान लागेको हुनसक्ने अनुमान लगाइएको थियो ।

त्यसपछि अहिले सारा अली खान आफैले सामाजिक सञ्जालमा एक तस्विर पोष्ट गरेकी छिन् । तस्बिरमा उनी सामानहरुको साथमा छिन् र क्याप्सनमा उनले ‘एक नयाँ सुरुवात’ लेखेकी छिन् ।

सारा अली खानले मात्रै नभई यस अघि अभिनेत्री आलिया भट्ट, अभिनेता वरुण धवन, रणबिर कपूरले पनि बलिउड प्रवेश गरेसँगै आफ्नो परिवारसँग छुट्टिएर आफ्नै घर लिएर उक्त घरमा शिफ्ट भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *