वर्षाका कारण खेल रद्ध,विराटनगर र धनगढीले अंक बाँडे
Published: (Updated: )
by .काठमाडौं । धनगढी प्रिमियर लिगको जारी संस्करणको नवौं खेल वर्षाका कारण रद्ध गरिएको छ ।
शनिबार विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सबिच खेल हुने तय भए पनि मैदान हिलो भएपछि दुबै टिमले एक , एक अंक बाँडे।
शुक्रबार परेको पानीका कारण मैदान पुर्णरुपमा खेल्न अयोग्य बन्दा दुबै टिम अंक बाँडन बाभ्य भए।
अंक बाडेंसँगै काठमाडौंले तीन खेलबाट ५ अंकका साथ शिर्ष स्थानमा उक्लिएको छ।
यद्धपि शनिबारको दोस्रो खेल समेत अन्योलमा परेको छ। पुन पानी नपरे घाम लागेको अवस्थामा महेन्द्रनगर युनाइटेड र धनगढी स्टार्सबीचको खेल ओभर छोटाएर खेलाउने तयारी गरिएपनि खेल हुने संभावना मुस्कील छ।
यी दुई टिमबिचको पनि खेल रद्ध भए धनगढी प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बन्नेछ।
Comments