“त्यसपछि कर्णालीको परिचय बदलिनेछ, कर्णाली सुगम हुनेछ” : प्रम ओली
Published:
by .काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधारहरु पुर्याएर डोल्पालाई सरकारले सुगम बनाउने उद्घोष गरेका छन् । डोल्पो समाजले आज काठमाडौंमा आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सुर्खेतको छिन्छुदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडकको स्तरोन्नति गरिने र डोल्पामा सधैं यातायात सञ्चालन गरिने बताएका हुन् । “डोल्पामात्र होइन कर्णालीका सबै जिल्लाका विमानस्थलहरुको पनि स्तरोन्नति गरेर कर्णालीलाई सुगम बनाइनेछ” प्रधानमन्त्री ओलीको भनाई छ । कर्णालीमा रहेको पातलो बसोबासलाई एकीकृत बस्तीको रुपमा विकास गरिने प्रधानमन्त्रीको आश्वासन छ ।
“पातला बस्तीमा भौतिक सुविधा पुर्याउन सकिँदैन, त्यसैले यस्ता बस्तीलाई स्थानान्तरण गरेर एकीकृत बस्तीको रुपमा विकास गरेर विद्यालय, सडक, स्वास्थ्य चौकी, यातायात, खानेपानीजस्ता आधारभूत सुविधाहरु सबैलाई उपलब्ध गराइनेछ” प्रधानमन्त्री ओलीले थपेका छन् “त्यसपछि कर्णालीको परिचय बदलिनेछ । कर्णाली सुगम हुनेछ ।”
Comments