Sajhamanch Archive

बैंकहरुको कर्जा ब्याजदर घटाउन प्रधानमन्त्रीको निर्देशन

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्याजदरको विवाद तत्कालै हटाउन अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री ओलीसँग आज बालुवाटारमा गरेको साक्षात्कारका क्रममा उनले यस्तो निर्देशन गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, अर्थमन्त्री डा. युवराज खतिवडा, गभर्नर चिरिञ्जिवी नेपाल लगायतसँग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले तत्कालै ब्याजदर घटाउन निर्देशन दिएका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका हुन् ।

ब्याज दरको विषयमा उद्योगी व्यवसायीको गुनासो आउन थालेको लामो समय भएपनि अझै समाधान नगरेको भन्दै अर्थमन्त्री र गभर्नरलाई प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

‘लामो समयदेखि यो समस्या सुनिरहेको छु, अहिलेसम्म समाधान भएको रहेनछ, यो कुरा अर्थमन्त्री र गभर्नर जी ले तत्कालै समाधान गर्नुपर्‍यो, होइन भने मैले हस्तक्षेप गर्नुपर्ला, त्यसो भयो भने राम्रो हुनेछैन’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै प्रेस संयोजक अधिकारीले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *