किसानको रोजाईमा जोन डियरका ट्याक्टर ! (भिडियोसहित)
Published: (Updated: )
by .
कम्पनीका प्रतिनिधिहरुको बिर्तामोड भ्रमण
झापा । कृषिको आधुनिकीकरणका लागि ट्याक्टरको प्रयोग अनिवार्यजस्तै बनेको सन्दर्भमा अमेरिकी प्रविधिमा भारतमा निर्मित जोन डियरको माग बढिरहेको बताइएको छ । कृषि प्रयोजनका लागि प्रयोग हुने ट्याक्टरको माग नेपालमा पनि बढिरहेको हो ।
कृषि कार्यका अतिरिक्त सामान ढुवानीका लागिसमेत प्रभावकारी हुने भएकाले ट्याक्टरप्रति कृषक बाहेक ढुवानी व्यवसायीहरु पनि आकर्षण बढेको बिक्रेताहरुको भनाई छ । नेपाली बजारमा अहिले ट्याक्टर खरीदकर्तामध्ये करीब ६० प्रतिशत ग्राहक किसान नै भएको व्यवसायीहरू बताउँछन् ।
यसैबीच अमेरिकी प्रविधिमा भारतमा निर्मित जोन डियर कम्पनीका ट्याक्टर प्रति उपभोक्ताको आकर्षण बढ्दै गएको जनाइएको छ । बिर्तामोड स्थित विवेक अटोमोबाईल्स प्रालिले शनिबार बिर्तामोडमा एकै दिन ११ वटा ट्याक्टर बिक्री गरेर यसको पुष्टि गरिदिएको छ ।
बिर्तामोडमा रहेको शाखा कार्यालयले भारतबाट आएका जोन डियर कम्पनीका प्रतिनिधिहरुको भ्रमणको समयमा एकैपटक १ करोड ५० लाखभन्दा बढि मूल्य बराबरका ११ वटा ट्याक्टर बिक्री गरेको बिर्तामोड शाखाका म्यानेजर अनिल श्रेष्ठले जानकारी दिए ।
बिर्तामोड शाखामा कम्पनीका प्रतिनिधिको भ्रमण परेको सन्दर्भमा एकैपटक तीनवटा ट्याक्टर खरिद गर्ने इलाम माङसेवुङका जीतबहादुर सिंहसहित अन्य खरिदकर्तालाई सम्मानसहित चावी हस्तान्तरण गरियो ।
जोन डियर इन्डिया प्रालिका सेल्स एण्ड मार्केटिङ उपनिर्देशक प्रभात सक्सेना, विवेक अटोमोबाईल्सका प्रबन्ध निर्देशक वेदप्रकाश शर्मा, रिजनल म्यानेजर श्याम पट्टेल, महिन्द्रा डिपार्ट नेपालका मेनेजर ताराबहादुर थापा, शाखा मेनेजर अनिल श्रेष्ठ लगायतले ट्याक्टरको साँचो हस्तान्तरण गरेका हुन् ।
चाबी हस्तान्तरण पछि उप निर्देशक सक्सेनाले नेपालका किसान भारतका भन्दा टेक्नोलोजीमा अगाडि रहेको चर्चा गरे ‘विश्वको नं. १ ट्याक्टर जोन डियर हो’ उप निर्देशक सक्सेनाले भने ‘अहिले नेपालमा बिक्रीको हिसाबले तेस्रो पोजिशनमा छ, तर सन् २०२० सम्ममा नेपालमा नम्वर १ हुने लक्ष्यमा हामी काम गरिरहेका छौं ।’
शाखा प्रमुख अनिल श्रेष्ठका अनुसार जोन डिर ट्राक्टर अरुभन्दा बलियो भएकै कारण विशेष पहाडी इलाकाका किसानको रोजाइमा परेको छ। टिकाउ, बिक्री पछिको सर्भिस, स्पेयर पार्टस र सुविधाका हिसाबले जोनका ट्याक्टर उपभोक्तामैत्री देखेकाले जोनकै ट्याक्टर खरिद गरिएको उपभोक्ताको भनाई छ ।
बिर्तामोडस्थित विवेक अटोमोबाइल्स प्रालिले भारतबाट आएका जोन डियर कम्पनीका प्रतिनिधिहरुलाई गरेको स्वागत, पत्रकार सम्मेलन तथा ट्याक्टर खरिदकर्ताहरुलाई चावी हस्तान्तरण कार्यक्रम समेटिएको छ ।
Comments