“सरकार विकास दूरदृष्टिमा कुनै दोधारोमा छैन’’ : प्रधानमन्त्री ओली
Published:
by .काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभको उद्घाटन पछि मन्तब्य राख्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालमा विकासको गतिशिलता र लगानीको अवसर उपयुक्त भएको भन्दै यसका लागि सरकारले सुशासनको वातावरण बनाउने दावी गरे ।
“सरकार विकास दूरदृष्टिमा कुनै दोधारोमा छैन, हामी नतिजामुखी विकासको काममा प्रतिवद्ध छौं” प्रधानमन्त्री ओलीको अडान छ । स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्दैै प्रधानमन्त्री ओलीले भनेका छन्, “तपाईंहरुको लगानीको सुरक्षा सरकारले गर्छ । लगानीबाट तपाईंहरुले नाफा आजर्न गर्न पनि सक्नुहुन्छ ।”
प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि उर्वर भूमि भएको पनि जिकिर गरेका छन् । उनले वैदेशिक लगानीले नेपालको आर्थिक वृद्धिदर वृद्धि हुनेमात्र नभई नेपालाई विश्वसँग जोडिने अवसर पनि हुने बताएका छन् ।
Comments