प्रधानमन्त्री ओलीले दिए प्रजातन्त्र दिवसको शुभकामना
Published:
by .काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौंदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दूमा आइपुगेको दावी गरेका छन् ।
६९औं प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, वर्तमान सरकार समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यका साथ आर्थिक एवम् सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको ।
“निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरिबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध केन्द्रित भएका छौं” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् “हामी आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौं ।”
२००७ साल फागुनमा आजकै दिन जहाँनिया राणा शासनको अन्त्य भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तीको उक्त आन्दोलनमा शाहदत प्राप्त गर्ने सबैमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
जनताको त्यही बलिदानीले देश अहिले नयाँ प्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यासमा रहेको प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
Comments