Sajhamanch Archive

झापामा तीन दिने साकोस अभियान गरिने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । झापामा पहिलो पटक बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)को सञ्चालक समितिको बैठक बस्ने र सहकारी सञ्चालनका विभिन्न विषयहरुमा अभियान चलाइने भएको छ । यही फागुन १० देखि १२ गतेसम्म साकोस अभियान सञ्चालन गर्ने गरी तयारी व्यवस्थापन भइरहेको आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको व्यवस्थापनमा नेफ्स्कुन सञ्चालक समितिको बैठक बस्ने तथा सोही अवसरमा प्रदेश १ स्तरीय बैठक पनि आयोजना गरिएको झापा अध्यक्ष घनश्याम अधिकारीले जानकारी दिए । फागुन १० गतेका लागि जिल्लामा सञ्चालित साकोसका अध्यक्ष एवम् व्यवस्थापकहरु सहभागी रहने गोष्ठीलाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

संघीय सरकारका कानूनमन्त्री भानुभक्त ढकालले उद्घाटन गर्ने अभियान अन्तरगत फागुन ११ गते जिल्लाका स्थानीय तहबाट प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष एवम् प्रमुख प्रशासकीय अधिकृत सहित सांसदहरु सहभागी रहेको कार्यक्रममा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यस्तै मेचीनगर नगरपालिकाका सबै संस्थाहरुको जोखिममा आधारित सुपरीवेक्षण गर्ने, झापाका २० वटा सहकारीहरुमा एक्सपोजर भिजिट गर्ने लगायतका कार्यक्रमहरु तय गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *