Sajhamanch Archive

दुर्घटनामा ट्याक्टर चालकको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा ५ क्याम्पाडाँडामा भएको मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृतक चालकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। बुद्धचोकबाट चौघडातर्फ जाँदै गरेको नंम्बर ५ त ३४५९ नम्बरको जाली बोकेको ट्याक्टर तीब्र गतिका कारण पल्टिएको प्रहरीले जनाएको छ।

घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको र घटनास्थलमा ट्राफिक प्रहरी र नेपाल प्रहरी पुगिसकेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *