११ वर्षकी बालिकालाई बलात्कारपछि हत्या गरी युवक पक्राउ
Published: (Updated: )
by .धनुषा । धनुषामा ११ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी जलाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
गएको फागुन २ गते बिहान धनुषाको मिथिला नगरपालिका(३ बस्ने देवनारायण रसाइलीकी ११ वर्षकी छोरी रेशमा भन्ने दुतिया रसाइलीको बलात्कारपछि हत्या गरी शव जलाएको अवस्थामा घरनजिकैको उखुबारीमा फेला परेको थियो ।
बालिकालाई हत्या गरी शव जलाएको आरोपमा प्रहरीले धनुषाको बटेश्वर गाउँपालिका ४ बस्ने २२ वर्षका निरज जर्घा मगरलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
फागुन एक गते राति बालिका दुतिया, मिथिला नगरपालिका तीन हरिहरपुर मगरटोलका ईन्द्रथापा मगरकी छोरी मन्दिरा थापाको बिहे भोज खान गएकी थिइन् ।
बिहेभोजमा नाचगान सकिएर सबैजना घरतिर गइसकेका थिए मामाघरमै भोजमा सहभागी भएका निरज भने मदिरा, गाँजा तथा लागु पदार्थ सेवन गरी लठ्ठ थिए ।
उनले नजिकैको पसलबाट चाउचाउ, फ्रुटी किनेर ल्याए र दुतियालाई दिए ।
कोही नभएको मौका पारेर दुतियालाई फकाइ घर नजिकैको उखुबारीमा लगेर उनले दुतियालाई बलात्कार गरेपछि अनि आफ्नो पोल खुल्ने डरले बालिकाको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यापछि उनले प्रमाण नष्ट गर्न खेतमा रहेको उखुको पात बालिकाको जिउमा राखेर जलाएको तथ्य अनुसन्धानबाट पत्ता लागेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।
उहाँका अनुसार निरज बालिकालाई जलाइसकेपछि विवाहमा फर्केको र बिहान गाउँलेसँगै उनी पनि बालिकाको शव हेर्न गएका थिए ।
पछि आफू पक्रिने डरले गाउँबाट भागेर लुकेर बसेका उनी भारत जान लागेका क्रममा धनुषाको विदेह नगरपालिका २ दहबीबाट फागुन ६ गते सोमबार पक्राउ गरेको प्रहरी उपरीक्षक खनालले बताए ।
अभियुक्त निरज यसअघि पनि विभिन्न चोरी घटनामा संलग्न र केटी जिस्काएको आरोपमा इलाका प्रहरी कार्यालय ढल्केवरले कारबाही चलाएको र सार्वजनिक अपराधमा काठमाण्डौको कालिमाटी प्रहरी वृत्तको साथै तीन महिना केन्द्रीय कारागारमा जेल सजायसमेत भुक्तान गरिसकेको पाइएको प्रहरीको भनाई छ ।
Comments