Sajhamanch Archive

पार्किङ शुल्क हटाउन कांग्रेसको माग

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

भद्रपुर । आर्थिक अवस्था कमजोर भएका गरिब व्यक्ति मात्र उपचारका लागि आइपुग्ने मेची अञ्चल अस्पतालले पार्किङ शुल्क असुलेको भन्दै नेपाली काँग्रेस झापा क्षेत्र नं ३ ले अस्पताल व्यवस्थापन समितिलाई ज्ञापन पत्र बुझाएको छ ।

जिल्ला समन्वय समिति झापाका प्रमुखले व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीमा आए लगत्तै सञ्चालन समितिको निर्णयले अस्पताल हाताबाट सवारी शुल्क असुल्ने निर्णय भएको कांग्रेसले जनाएको छ । ठेक्का स्वीकृति बिनै केही व्यक्तिले पार्किङ शुल्क असुल्न थालेपछि रकम असुली बन्दको माग राखी काँग्रेसले ज्ञापन पत्र बुझाएको हो ।

क्षेत्रीय सभापति गणेश पोखरेलको नेतृत्वमा भद्रपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बन्धु कार्की, ८ नम्बर वडाध्यक्ष गौरव सुब्बा मनोज, काँग्रेस झापा जिल्ला सदस्य विजय रिजाल, क्षेत्रीय सचिव गायत्रीप्रसाद भट्टराईलगायत टोलीले अस्पतालका मेडिकल सुपरिटेण्डेन पिताम्बर ठाकुरमार्फत अस्पताल विकास समिति, जिल्ला प्रशासन कार्यालय झापालाई ज्ञापन पत्र बुझाइएको हो ।

ज्ञापनपत्र बुझेपछि अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. पिताम्बर ठाकुरले अस्पताल परिसरमा भाडाका गाडी दिनभर राखिदिने अवस्थाले पार्किङ समस्या बढेको कारण शुल्कको अवधारणाले भिड घटाउन सहयोग हुने सोचले यस्तो गरिएको बताए । उनले सवारीका साधन चोरी हुने क्रम बढेकोले पनि पार्किङ शुल्क लिन थालेपछि चोरी अन्त्य हुने विश्वास राखिएको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *