झापालाई उसुमा ५ स्वर्ण
Published:
by .मेचीनगर । आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उसुका ५ जना झापाली खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।
एक नम्बर प्रदेशस्तरीय उसु खेलाडी छनोट प्रतियोगितामा स्वर्ण पदक जितेका ५ जना खेलाडीले राष्ट्रिय प्रतियोगिता खेल्ने झापाली टिमका प्रशिक्षक डम्बर यादवले बताए ।
प्रतियोगितामा पुरुष सान्सोतर्फ सुजन मेचेले ६० केजी र सागर लिम्बूले ६५ केजी तौल समूहमा तथा थाउलोतर्फ छान छ्वान विधामा अरुण सापकोटाले स्वर्ण पदक जिते ।
त्यस्तै, महिला सान्सोतर्फ मनिषा प्रधानले ५२ केजी र पार्वती राजवंशीले ६० केजी तौल समूहमा स्वर्ण पदक जितिन् ।
यसैगरी पुरुष सान्सोतर्फ सागर खत्रीले ५२ केजी तौल समूहमा, थाउलोतर्फ नान छ्वान विधामा रिया राई र थाई चि छ्वान विधामा हरदेव राजवंशीले रजत पदक प्राप्त गरे ।
पुरुष सान्सोतर्फ ८० केजी तौल समूहमा घनश्याम गुरुङ, नान छ्वान विधामा सुजन श्रेष्ठ र महिला सान्सोतर्फ संगीता दनुवारले ६५ केजीमा कास्य पदक हात पारे ।
गत फागुन ५ देखि ८ गतेसम्म चितवनको भरतपुरस्थित सामुदायिक भवनमा उसुको प्रदेशस्तरीय छनोट प्रतियोगिता भएको थियो ।
Comments