Sajhamanch Archive

फेसबुकबाटै पूर्वमन्त्री शर्माले दिए सञ्चार माध्यमलाई चेतावनी

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । मन्त्री बन्नेहरूको सूचीमा नाम रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका विभिन्न नेताहरूका नाम र तस्वीर जोडेर समाचार आइरहेका बेला त्यस्तो कुनै कुरा नभएको भन्दै केही नेताले प्रष्ट पार्न थालेका छन।

गृहमन्त्री बन्न लागे भनेर संचार माध्यम र सामाजिक संजालमा चर्चामा रहेका नेकपाका नेता जनार्दन शर्माले आफूले कुनै पद खोज्दै नहिँडेको भन्दै यस्तो समाचारप्रति फेसबुकबाटै असन्तुष्टि जनाएका हुन्।

उनले संघीयता कार्यान्वयनमा आफू सचेततापूर्वक लागेको र पद खोज्दै नहिँडेको भन्दै समाचारप्रति आपत्ति जनाएका छन।

शर्माले समाजिक संजाल फेसबुकमा लेखेका छन् संघीयता कार्यनयनको ऐजेण्डा प्रती सचेतता पुर्वक लागेको कुरा बाहेक अन्य पद खोज्दै नहिँडेको र योजना नबनाएको स्पष्ट गर्दछु।

चासो चिन्ता भएका व्यक्तिहरूले मन्त्री नियुक्ति गर्ने र बर्खास्ती गर्ने सम्बन्धी निकाय वा मेरो नाम प्रयोग गरी समाचार बिकाउन मेहनत गर्नेहरू सँग सिधै सम्पर्क गर्न अनुरोध गर्दछु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *