Sajhamanch Archive

पाकिस्तान बम विस्फोटमा एकको मृत्यु, १३ घाइते

Published: in राष्ट्रिय समाचार, विविधा by .

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार साँझ भएको एक बम विस्फोटमा परी कम्तीमा एकजनाको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार बलुचिस्तान प्रान्तको नसिराबाद जिल्लाको प्रमुख कार्यालय रहेको डेरा मुराद जमाली इलाकमा बम विस्फोट भएको हो।

उद्धारकर्ता र प्रहरी टोलीले बम विस्फोटमा परी घाइते भएका व्यक्तिहरुलाई नसिराबाद जिल्लामा रहेको अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ।

छदेखि आठ किलो विस्फोटक पदार्थले भरिएको उक्त बम दूर नियन्त्रित यन्त्रद्वारा विस्फोट गराइएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको अस्पताललाई उधृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

बम विस्फोट भएको इलाकामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। विस्फोटको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *