Sajhamanch Archive

प्रदिपसँग फिल्म खेल्दैमा भाग्य बल्दैन

Published: (Updated: ) in टिप्स/जानकारी by .

लालपुर्जाबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका हुन, मिरुना मगर ।

उनी अभिनित पहिलो चलचित्र नै असफल भयो । उनले दोस्रो चलचित्रका रुपमा ‘रोज’मा काम गरिन् ।

यो चलचित्रबाट उनलाई आशा निकै थियो । कारण, यो चलचित्रमा नायक प्रदिप खड्का मुख्य भूमिकामा थिए । तर, यो चलचित्र पनि चलेन । चलचित्रबाट प्रदिप खड्का र मिरुना मगर दुबैले जस पाउन सकेनन् ।

तर, मिरुना यस कुरालाई मान्न तयार छैनन् । ‘म यस क्षेत्रमा हिरोइन बन्छु, हिट हुन्छु, सेलिब्रेटी बन्छु भनेर आएकी नै होइन, मिरुनाले भनिन्–‘त्यसैले पनि होला मलाई असफलताले केही असर गर्दैन ।

मिरुना आफूलाई यस क्षेत्रको ‘अनलक्की’ नायिका मान्न तयार छैनन् । उनले भनिन् चलचित्रको असफलतामा पनि मैले काम पाइरहेको छु । त्यसैले म त ‘लक्की’ नायिका हुँ ।

नायक प्रदिप खड्कासँग काम गर्दा पनि तपाईको भाग्य बलेन नि एक’ पत्रकारको यस्तो प्रश्नमा उनले भनिन्–प्रदिपसँग काम गर्दैमा कोही नायिकाको भाग्य बल्छ भन्ने मैले सुनेकी छैन ।

त्यो हुन्छ भनेर काम गरेको पनि होइन ।’ मिरुनाले प्रदिपसँग काम गर्दा भाग्य बदलिन्छ भनेर कोही पनि नायिकाले काम नगर्ने बताइन् ।

उनले अगाडि भनिन्–‘प्रदिपसँग काम गरेका नायिकाले आफ्नै दममा भाग्य बालिरहनु भएको छ ।

प्रदिपजीले पनि आफ्नो करिअर बनाइरहनु भएको छ । उहाँसँग काम गर्ने नायिकाले पनि आफ्नो करिअर बनाइरहनुभएको छ ।
उनले नायक खड्काले कुनै पनि नायिकालाई तिम्रो भाग्य बालिदिन्छु भनेर चलचित्रमा नलिने स्पष्ट पारिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *