Sajhamanch Archive

विपन्न परिवारलाई राजेश हमालको यस्तो उपहारः दुई करोडको जग्गा पास गरिदिए

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । चलचित्रकर्मी राजेश हमालले दुई करोड मूल्य बराबरको पैतृक जमिन विपन्न परिवारलाई प्रदान गरेका छन् । ६० वर्ष अघिदेखि नवलपरासीस्थित आफनो पुख्र्यौली घरमा सहयोगीका रुपमा रहेका चार विपन्न परिवारलाई हमालले दुई करोड मूल्य बराबरको जग्गा प्रदान गरेका हुन् ।

देवचुली नगरपालिका–२ स्थित आफ्नो पुख्यौली थलोमा रहेका अति विपन्न परिवारलाई घरबासका लागि चार परिवारलाई आफनो नाममा रहेको जग्गा मालापोत कार्यालयबाट पास गरिदिएका छन् ।

आफ्नो हजुरआमाको समयदेखि फलाम, कृषि तथा घरको काममा सहयोग गर्नेहरुलाई नायक राजेशले जग्गा प्रदान गरेका हुन् ।

भाइ राकेश हमाल र सहयोगीसहित पुगेका हमालले तुलसी बिकलाई २ कठ्ठा तथा विष्णु मर्दनिया, असमिया थारु र मनकुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासका लागि जग्गा प्रदान गरेको वडाध्यक्ष माधव केसीले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *