Sajhamanch Archive

बलात्कारीलाई आजीवन कारबास हुने कानून ल्याइँदै

Published: in राष्ट्रिय समाचार by .

१४ फागुन,। प्रदेश २ मा जबरजस्ती करणी गर्नेलाई आजीवन काराबासको सजाय हुने गरी कानून निर्माण गर्ने तयारी गरिएको छ ।

प्रदेश जिल्लाहरुमा बलात्कारका घटनाहरु बढिरहेको बेला प्रदेश सरकारले आजीवन काराबासको सजाय हुने गरी कानून ल्याउने तयारी गरेको हो ।

‘दैनिकजसो भइरहने बलात्कारको घटनामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ प्रदेशका मुख्य न्यायाधिबक्ता दीपेन्द्र झालेले भने, ‘हामीले यो बिषयलाई बहसमा ल्याइसकेका छौं ।’सोमबार पनि यस बिषयमा गम्भीर रुपले छलफल भएको जानकारी गराउँदै न्यायाधिबक्ता झाले चाँडै बलात्कारका घटना नियन्त्रण गर्ने कानून निर्माण हुने बताए ।

बलात्कारीलाई कडा भन्दा कडा कारबाही होस् भन्ने आफूहरुको मनसाय भएको जनाउँदै झालेले अन्तर्राष्टिय सम्झौता र संविधानलाई मध्यनजर गर्दै कानून निर्माण गरिने कुरा बताए ।

उनले भने, फाँसीको व्यवस्था त गर्न सकिन्न,’ हाम्रो देशले अन्तर्राष्टियस्तरमा पनि फाँसीको सजाय दिन्न भनेर हस्ताक्षरर गरिसकेको छ , र नेपालको संविधानमा पनि त्यो कुरा उल्लेख छैन् ।’

झालेले अनुसन्धान चाँडो गर्नेगरी र बलात्कारीलाई आजीवन कारावासको व्यवस्था हुने गरी कानून निर्माण गर्ने सन्दर्भमा छलफल भइरहेको सुनाए । यसका लागि प्रदेशको प्रहरी प्रशासन हुनु जरुरी छ, उनले भने, संघले यसतर्फ ध्यान दिनु जरुरी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *