Sajhamanch Archive

“सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिति अब हुनुहुँदैन ” : प्रधानमन्त्री ओली

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका सम्बन्धमा खुला रुपमा छलफल गर्न निर्देशन दिएका छन् ।

बुधबारदेखि काठमाडौंमा सुरु हुने नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालाहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका थिए ।

जल तथा उर्जा आयोगको सचिबालयले पञ्चेश्वर बहुउद्धेश्यीय आयोजनाको कार्यान्वयनको सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन सिंहदरबारमा बैठक आयोजना गरेको थियो ।

सो बैठकमा नेपाल – भारत स्तरीय छलफलमा देशको हित पक्षमा खुलेर आफ्ना कुरा राख्न र त्यस अनुसारको तयारी गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए ।
प्रधानमन्त्री ओलीले २३ वर्षअघि महाकाली सन्धीअनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनुपर्ने १० घन मिटर प्रति सेकेण्ड ९३५० क्यूसेक० पानी हालसम्म नपाएकोले यस बिषयलाई गम्भिरताका साथ उठाउनु पर्ने बताए ।

“हाम्रो पहिलो प्राथमिकता सन्धीको कार्यान्वयन हो । सन्धी अनुसार नेपालले १० क्यूमेक्स पानी पाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने, “सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिति अब हुनुहुँदैन । ”

२०५२ माघ १९ गते भएको महाकाली सन्धीको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिंचाइका लागि भारतले १० घन मिटर प्रति सकेण्ड पानी उपलब्ध गराउने सम्झौतालाई कार्यन्वयन गराउने भारतलाई तत्पर गराउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *