Sajhamanch Archive

बस र ट्रक ठोक्कियो, दुईको मृत्यु १८ घाइते

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । धनुषाको ढल्केबरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

रौतहटको गौर जाँदै गरेको ना ५ ख ४९६ नम्बरको बस र हेटौटाबाट इटहरी जाँदै गरेको ना ६ ख ९४२९ नम्बरको ट्रक धनुषको ढल्केबरमा एक आपसमा ठोक्किदा बसमा सवार दुईजनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा धनुषा महेन्द्रनगरकी शुभकला मण्डल र भारत मोतिहारीका उदेश ठाकुर रहेका छन्। घटनामा १८ जना धाइते भएको र उनीहरुको धनुषाको लालगढ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *