पर्यटन मन्त्री अधिकारीसहित हेलिकप्टर सवार ७ को मृत्यु पुष्टि
Published: (Updated: )
by .ताप्लेजुङ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे ।
यहाँ आज दिउँसो एयर डाइनेष्टीको हेलिकोप्टर दूर्घटनामा परेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।
दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको प्रहरीले जनाए पनि शवको पहिचान हुन बाँकी रहेको छ । तीमध्ये एक पर्यटनमन्त्री अधिकारी पनि रहेको ठहर गर्दै प्रेस काउन्सील नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले फेसबुकमा श्रद्धाञ्जली अपलोड गरेका छन् ।
एयर डाइनेस्टीका अनुसार पाइलट प्रभाकर केसीले चलाएको एमआई एयरबस हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद शेरचन, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहालसहित ६ जना यात्रु सवार थिए ।
जनकल्याण आधारभूत स्कूलका प्रधानाध्यापक महेश निरौलाले मध्यान्ह १ बजेतिर विद्यार्थीहरुले हेलिकोप्टरमा आगेको देखेर कराए पछि आफूले थाहापाएको सुनाएका थिए । उनका अनुसार ‘हेर्दा आगो लागेको देखियो, भीर भएकाले मानिसहरु पुग्न अप्ठ्यारो ठाउँमा खसेको छ । अहिले पनि धुँवा आइरहेको छ ।’
Comments