Sajhamanch Archive

फागुन १६ गते बिहीबार राष्ट्रिय शोकको घोषणा

Published: in राष्ट्रिय समाचार by .

झापा । नेपाल सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि फागुन १६ गते राष्ट्रिय शोकको घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को आज भएको आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा फागुन १६ गते राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि फागुन १६ गते देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुकाउने निर्णय भएको छ ।

मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

अकल्पनीय, अप्रत्यासीत र दुःखद घटनाले राष्ट्रलाई अपुरणीय क्षति भएको सरकारले बताएको छ । नेपाल सरकार यस दुःखद घडीमा अत्यन्त गहिरो दुःख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ’ निर्णयमा भनिएको छ ।

बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सवार ७ जनाकै मृत्यु भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *