Sajhamanch Archive

काठमाडौंमा बोक्सीको आरोपमा एक महिलालाई यातना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । बोक्सीको आरोपमा यातना दिएको अभियोगमा प्रहरीले काठमाडौंको भीमसेनस्थानबाट एक महिलालाई पक्राउ गरेको छ। उनले माता भन्दै झारफुकको काम गर्दै आएकी थिइन्। पक्राउ पर्नेमा आफूलाई माता बताउने कविता श्रेष्ठ रहेकी छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई बुधबार भीमसेनस्थानबाट पक्राउ गरेको हो। उनीमाथि प्रहरीले बोक्सी भनेको अभियोगमा अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरेहको छ। पीडित महिलाले आफूलाई कविताले बोक्सी होस् भनेर कुटपिट गरेको, यातना दिएको भन्ने उजुरी दिएपछि कवितालाई बोक्सी भनेको मुद्दामा अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी वशन्त लामाले बताए।

काठमाडौंको न्युरोडको भिमसनस्थानमै एक महिलामाथि बोक्सीको आरोपमा कुटपिट हुन दुखद् भएको लामाको लामाले बताए। प्रहरीकाअनुसार पीडित महिला दोलखा तामाकोशी गाउँपालिका ४ की रस्मी उपरकोटी हुन्। उनी न्यूरोड भीमसेनस्थानमा डेरामा बस्दै आएकी छिन्।

रस्मी आइतबार बेलुका करिब नौ बजे आफ्नो तीन महिनाको बच्चालाई सन्चो नभएपछि भीमसेनथानस्थानमा रहेको माताको आश्रममा पुगेकी थिइन्। माताले बच्चाको आमालाई नै बोक्सी भएको भन्दै सोमबार राति एक बजेसम्म पन्यु तताएर शरीरको बिविन्न भागमा डामेकी थिइन्। प्रहरीका अनुसार तताएको पन्युले डाँमेर घाइते भएकी रम्मीलाई उपचारको लागि वीर अस्पताल पठाइएको थियो। उनी दुई दिनपछि अस्पतालबाट डिस्चार्ज भएको प्रहरीको भनाइ छ।

बोक्सी आरोप सम्बन्धी कसूर तथा सजायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अनुसार कसूर हेरी छ महिना देखि पाँच वर्षसम्म जेल सजाय र पाँच हजारदेखि २० हजारसम्म जरिवना रहेने व्यवस्था गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *