Sajhamanch Archive

पूर्वमन्त्री अधिकारी भेन्टिलेटरमा 

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था नाजुक बनेको छ । लामो समयदेखि थलिएका उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
उनी अचेत भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आइसियुमा राखेर उनको उपचार हुँदै आएको छ ।

श्वासप्रश्वास लगायत विभिन्न समस्या देखिएपछि अधिकारी माघको दोस्रो सातादेखि ह्याम्स अस्पतालमा उपचाररत थिए । ८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ । उनलाई वरिष्ठ छातीरोग विशेषज्ञ अर्जुन कार्कीको टिमले हेरिरहेको छ ।

डाक्टर रक्षा पाण्डे, डा सविन कोइरालालगायतको टीम उनको उपचारमा संग्लग्न छ । छाती रोग र मुटुरोग विशेषज्ञहरुले उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *