Sajhamanch Archive

नेकपा संसदीय दल र राष्ट्रियसभामा रविन्द्र चर्चा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको आजको बैठकले हेलिकप्टर दूर्घटनामा बुधबार निधन भएकाहरुप्रति शोक प्रस्ताव पारित गरेको छ । हेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य रविन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्न संसदीय दलको बैठक बसेको हो ।

यसैगरी राष्ट्रिय सभाको आजको बैठकले पनि मन्त्री रविन्द्र अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको सदस्य रहेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका अधिकारीको असामयिक निधनप्रति राष्ट्रियसभामा शोक प्रस्ताव पारित गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

यसैबीच, नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारी निर्दोष रहेको जिकिर गरेका छन् । मन्त्री अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको विषय जोडेर केही तत्वले उहाँको बद्नाम गर्न खोजको प्रधानमन्त्रीको भनाई छ ।

मन्त्री अधिकारीले नागरिक उड्डयनको क्षेत्रमा देखिने गरी असाधारण काम गरेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘६ वटा विमास्थलमा रात्री उडान सञ्चालन गर्ने, धनगढी, बिराटनगर र चन्द्रगढी विमानस्थलको काम अघि बढाउने कुरा अधिकारी कै सक्रियतामा भएको हो ।’

तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउन उपयुक्त हुने प्राविधिक प्रतिवेदन आएपछि आफैंले हेरेर निश्कर्ष निकाल्ने भनेर मन्त्री अधिकारी त्यसतर्फ गएका प्रधानमन्त्री ओलीको भनाई छ । मन्त्री अधिकारीको निधनले पार्टी, सरकार र देशले एक कुशल नेता, मन्त्री र नागरिक गुमाएको भन्दै प्रधानमन्त्री ओलीले दुखः व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *