Sajhamanch Archive

“अझै दुई अर्ब ९४ करोड ५० लाख रुपैँया अपुग छ ” ; धुर्मुस–सुन्तली फाउण्डसन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

चितवन । धुर्मुस–सुन्तली फाउण्डसनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि पाँच करोड रकम संकलन भएको छ।
फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले चितवनमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन्। कट्टेलका अनुसार विभिन्न स्थानमा सञ्चालन गरिएको अभियान र व्यक्तिबाट अहिलेसम्म पाँच करोड ५० लाख रुपैँया संकलन भइसकेको छ। ‘यो सुरुवात हो, हामीले सुरुवाती चरणमा जति अपेक्षा गरेका थियौँ त्यति नै संकलन भएको छु, उनले भने, ुपरियोजना के हो? कस्तो हो? भनेर बुझाउन बाँकी नै छ त्यसपछि आर्थिक संकलनले तिव्रता पाउँछ।’ जनस्तरबाट निर्माण गर्ने लक्ष्य राखिएको रंगशाला निर्माण सम्पन्न गर्न करिब तीन अर्ब लाग्ने अनुमान छ। अझै दुई अर्ब ९४ करोड ५० लाख रुपैँया अपुग छ, जुन रकम विभिन्न संघ संस्था, व्यक्ति तथा सहयोगी दाताहरुबाटै जुटाउने फाउण्डेसनले जनाएको छ। फाउण्डेसनका अध्यक्ष कट्टेलले राष्ट्रकै गौरव बढाउने काममा दिल खोलेर सहयोग गर्न सबै नेपालीलाई आग्रह गरे। रकम संकलनका लागि केही समयअघि मलेसिया लगायत विभिन्न स्थानमा कार्यक्रम सम्पन्न गरिसकेको भन्दै अध्यक्ष कट्टेलले अब चाँडै विभिन्न देशमा जाने तयारी भइरहेको पनि जानकारी दिए। उनले सहयोग आएको रकम पारदर्शीरूपमा परिचालन हुने भएकाले अनियमितता नहुने पनि प्रष्ट पारे। शिलान्यास भएको घोषणाको दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेका रंगशालाको डीपीआरका काम भइरहेको उनको भनाइ छ। विभिन्न स्थानबाट स्वतस्फूर्त रूपमा सहयोग आउने क्रम जारी रहेकाले निर्धारित समयमा निर्माण सम्पन्न हुनेमा विश्वस्त रहेको सुनाए। यसअघि पनि विभिन्न आयोजना सम्पन्न गरिसकेकाले त्यो अनुभव रंगशाला निर्माणका लागि सहयोगी बन्ने उनको भनाइ छ। क्रिकेट रंगशाला नामाकरण गरीए पनि फुटबल, भलिबल लगायत विभिन्न खेलका सुविधासम्पन्न खेल मैदान पनि बन्ने छ। भरतपुर महानगरपालिका १५ मा निर्माण हुने सो रंगशाला निर्माणपश्चात फाउण्डेसनले महानगरलाई हस्तान्तरण गर्नेछ। रंगशाला सञ्चालबाट आउने रकम सामाजीक कार्यमा खर्च गरिने महानगर प्रमुख रेणु दाहालले बताएकी छिन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *