Sajhamanch Archive

कांग्रेसका नेता सिटौला समूहले नेविसंघमा अलग कार्यसमिति बनाउने

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेसभित्र अलग पहिचान बनाइसकेको कृष्णप्रसाद सिटौला नेतृत्वको कान्छो समूहले नेपाल विद्यार्थी संघ नेविसंघमा अलग कार्यसमिति बनाउने संकेत गरेको छ ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहले नेविसंघमा अलग कार्यसमिति बनाउने गृहकार्य थालेको हो । सिटौलाले आफू निकटा विद्यार्थी नेताहरूलाई आफ्नै निवासमा बोलाएर नेविसंघ कब्जाको रणनीति सुनाएको स्रोतले जनाएको छ ।

नेविसंघमा ३२ वर्षे उमेर हद लागू गरेपछि रिसाएको सिटौला समूहले नेविसंघ र कांग्रेसभित्र बखेडा गर्दै आएको आरोप छ ।

नैनसिंह महरको असक्षमताका कारण नेविसंघको महाविधेशन अनिश्चित भएपछि कांग्रेसले हस्तक्षेप गरेको थियो ।

नेविसंघको नेतृत्व र नयाँ कार्यसमिति गठन गर्नका लागि कांग्रेसको कार्यसमितिले सभापति शेरबहादुर देउवालाई अधिकार दिएको छ । देउवाले अझैसम्म कार्यसमिति बनाएका छैनन् ।

तर, सिटौला समूहले नेविसंघमा आफ्नो बर्चश्व देखाउन भित्रभित्रै तयारी गरेको हो । ३२ वर्षे उमेर हद लागू गरेपछि कुन्दनराज काफ्लेलाई नेविसंघको अध्यक्ष बन्ने बाटो बन्द भएको छ ।

अध्यक्ष बन्ने बाटो बन्द भएपछि काफ्लेले नेविसंघभित्र उत्पात मच्चाउँदै आएका छन् ।

यति मात्रै होइन काफ्ले समूहले केही विद्यार्थीलाई पार्टी कार्यालय सानेपामा पठाएर शीर्ष नेताहरूमाथि अभद्र व्यवहार गर्न लगाएको आरोप छ ।

काफ्ले समूहका कारण सानेपामा झडपको अवस्था समेत आएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *