Sajhamanch Archive

डा.भट्टराईलाई नसोचेको आपत्त , सामाजिक सञ्जाल बन्द गर्ने कुरा भ्रम मात्र भएको

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको पार्टीमा पहिरो गइरहेका समाचार आइरहेका बेला डा.भट्टराईलाई नसोचेको आपत्त आइ लागेको छ । जसका कारण उनी आक्रोशित मात्र छैनन् तनावमा समेत परेका छन् ।
नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो नामको नक्कली ट्वीटर ह्याण्डल प्रयोग गरिएको भन्दै गुनासो गरेका छन् ।
उनले सोमबार ट्वीट गर्दै भनेका छन्, ‘अरूको नाउँको नक्कली ट्वीटर ह्याण्डल बनाएर आफ्ना कुरा राख्नु आफैंप्रतिको अविश्वास र कायरता हो । यसले सार्वजनिक जीवनलाई प्रदुषित गर्छ । यो कानूनतः अपराध पनि हो । कसैले यस्तो हर्कत नगरोस् । सम्बन्धित सुरक्षा निकायले ध्यान देओस् । मेरो एक मात्र भेरिफाइड @brb1954 छ । कसैलाई कुनै भ्रम नरहोस ।’
डा. भट्टराईलाई मात्र होइन गएको शनिबार सूचना तथा सञ्चार मन्त्रालयको नाममा फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल बन्द गरिने भन्ने भ्रमपूर्ण नक्कली विज्ञप्ती जारी भएपछि सञ्चार मन्त्रालय समेत तनावमा परेको थियो ।
मन्त्रालयले तत्कालै आधिकारिक विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जाल बन्द गर्ने कुरा भ्रम मात्र भएको बताउँदै मन्त्रालयको नाममा कसैले नक्कली विज्ञप्ती सार्वजनिक गरेको भन्दै दोषीको खोजी भइरहेको स्पष्ट पारेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *