Sajhamanch Archive

मेचीनगर नगरपालिका अब ‘फ्रि वाईफाई जोन’

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

मेचीनगर । मेचीनगर नगरपालिका कार्यलयमा आउने सेवाग्राहीको हितलाई ध्यानमा राखेर कार्यलयलाई ‘फ्रि वाईफाई जोन’ घोषणा गरिएको छ ।

मेचीनगर नगरपालिका कार्यलय परिसर भित्र सेवाग्राहीहरुलार्इ सेवा प्रदान गर्न अझ सहज बनाउन मेचीनगर नगरपालिकाले निःशुल्क वाईफाई सञ्चालनमा ल्याउने कुराको जानकारी कार्यलयका सुचना प्रविधि अधिकृत अशोककुमार भेटवालले बताए ।

मेचीनगर नगरपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ यसअघिनै नगरका विभिन्न ठाउँलाई निःशुल्क वाईफाई क्षेत्र घोषणा गरिएको छ । मानिसको अत्यधिक भीडभाड हुने ठाउँ, बसपार्क लगायतका क्षेत्रमा हरेक नगरवासीलाई प्रविधिको पहुँचसम्म पुर्याउने उद्देश्यका साथ यो अभियान शुरु गरिएको हो ।

उच्च गतिको वाइफाई ३ एमबीको हुने र २४ घण्टामा ९० मिनेटमात्र प्रयोग गर्न सक्ने व्यवस्था छ । एकसाताभित्रमा नगरका विभिन्न क्षेत्रलाई निःशुल्क वाईफाई क्षेत्र घोषणा गर्ने उद्देश्यका साथ काम भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *