Sajhamanch Archive

अवैध ६९ हजार पाँच सय ५० अमेरिकी डलरसहित दुई जना पक्राउ

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध ६९ हजार पाँच सय ५० अमेरिकी डलरसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ४ की सरला खड्‍का र काठमाडौं १६ की रिंकु गुरुङ रहेका छन् । सोमबार उनीहरु नेपाल एयरलाइन्समार्फत वैंकक जान लागेका थिए। प्रहरीले अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा उनीहरुको लगेज चेक जाँच गर्ने क्रममा उनीहरुको लगेजबाट डलर बरामद भएको जनाएको छ । प्रहरीका अनुसार सरला खड्‍काको साथबाट ३५ हजार छ सय ५० र रिंकु गुरुङको साथबाट ३३ हजार नौ सय अमेरिकी डलर बरामद भएको हो। उनीहरुलाई नियन्त्रमा लिएर डलरबारे अनसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *