Sajhamanch Archive

नेपालको नयाँ नक्सा सार्वजनिक….. .

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । बजारमा विवादित नक्सा देखिन थालेपछि भूमिसुधार मन्त्रालयले पुन नेपालको प्रशासनिक संरचनाअनुसार आधिकारिक नक्सा सार्वजनिक गरेको छ। भूमि व्यवस्था तथा सहकारी तथा गरिवी निवारण मन्त्रालयले नयाँ आधिकारिक नक्शा सार्वजनिक गरेको हो। अन्योलता हटाउनको लागि नयाँ नक्सा लिएका छौँ, यसले नक्शासम्वन्धी विवाद हटाउने छ मन्त्री पद्मा अर्यालले बिहीबार नयाँ नक्सम सार्वजनिक कार्यक्रममा भनिन्। नक्सम नयाँ संघीय संरचनाअनुसार बनाइएको मन्त्रालयले जनाएको छ। जसअनुसार नामकरण गरिएका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम तोकेर र अन्य प्रदेशको नाम नतोकि नक्सा बनाइएको छ। पछिल्लो समयमा बजारमा वितरण गरिएका नक्शा र कतिपय सरकारी निकायमा समेत अनाधिकृत नक्साको प्रयोग भएको अवस्थामा आधिकरिक नक्साले सहयोग गर्ने मन्त्री अर्यालले भनाइ छ। नेपालका कतिपय लिपुलेकको भूभाग नसमेटिएका नक्साहरूसमेत प्रयोग आएको अवस्थामा यो नक्साका लिपुलेक लगायतको क्षेत्रहरुलाई नेपालीको आधिकारिक भूभागको पहिचान गरिएको मन्त्री अर्यालको भनाई रहेको छ। त्यस्तै सरकार र निजी बीचको जग्गामा देखिने विवाद समाधानमा पनि नक्सा सहयोगी हुने मन्त्री अर्यालले बताइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *