Sajhamanch Archive

‘विप्लव’ नेतृत्वको नेकपाले जलाएको आशंका ;डोजर जलाइयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

रोल्पा । रोल्पामा एकपछि अर्को गाउँपालिकाका साधनमा आगजनी भइरहेको छ । जनप्रतिनिधि चढ्ने सवारीसाधन जलाएको भोलिपल्ट त्रिवेणी गाउँपालिकाको डोजर अज्ञात समूहले जलाएको छ । त्रिवेणी गाउँपालिकाको रा १ क ७१२ नम्बरको रबरको टायर भएको जेसिभीको बायाँ भागको टायर जलाइएको छ । ट्यांकीमा पति क्षति पुगेको छ । गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले गाउँपालिकाको २ नम्बर वडामा पर्ने ह्याङ सडकखण्ड सफा गर्न लगिएको डोजरमा आगजनी भएको जनाए ।
गाउँपालिका केन्द्र जुगार–करेटी जोड्ने सडकको खाल्डाखुल्डी पुर्न गएको जेसिभी ठूलो टायर बिग्रिएर जंगल क्षेत्रमा थियो । ‘विकासको योजनामा रहेको जेसिभी माथि आगजनी होला भन्ने सोचिएको थिएन’, अध्यक्ष वलीले भने, ‘विकास विरोधी हर्कत भयो ।’ अध्यक्षलाई सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष ङणमानसिंह बुढाले जेसिभी जलेको विहानपख जानकारी गराएको जनाए । अध्यक्ष वली घटनास्थल हिँडेका छन् ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काका अनुसार इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी टोली घटनास्थल पुगिसकेको छ । प्रहरी निरीक्षको नेतृत्वमा घटनाको सूचना लगत्तै प्रहरी ह्याङ हिडेको हो । घटना स्थल जंगल क्षेत्रमा पर्दछ । एक भागको एउटा टायर जलाईएको र ट्यांकीमा क्षति पुगेको घटनास्थलबाट प्रहरीले जानकारी दिएको छ ।

मंगलबार राति गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुुर खत्रीले भाडामा प्रयोग गर्दै आएको ठाडीमा आगजनी भएको भोलिपल्ट डोजर जलाइएको हो । त्यही रात त्रिवेणी गाउँपालिकाको गाडी पनि तोडफोड भएको थियो । जलाउने उद्देश्यले मोबिल खन्याएर विष्फोटक पदार्थ छोडिएको भन्दै गाउँपालिकाले विज्ञप्ति निकालेर घटनाको भत्र्सना गरेको छ । श्रृंखलावद्ध आगजनीले जनप्रतिनिधिमा र सरकारी गाडी प्रयोग गर्ने कर्मचारीमा त्रास पैmलिएको छ । आगजनीको कसैले जिम्मेवारी लिएको छैन । सुरक्षा स्रोतका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जलाएको आशंका गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *