Sajhamanch Archive

जनयुद्धमा नेपाली महिलाको सहभागिताले सामन्तवादको अन्त्य ; अध्यक्ष प्रचण्ड

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं ; १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकानमना दिएका छन् । प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ। नेपालको राजनैतिक परिवर्तनमा नेपाली महिलाहरुले देखाएको संघर्षको कीर्तिमान नेपालको इतिहासमा मात्र होइन विश्व इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ। महान् जनयुद्ध र विभिन्न प्रकारका संघर्षहरुमा नेपाली महिलाहरुको नेतृत्व र सहभागिताले नै नेपाल सामन्तवादबाट मुक्त हुन सकेको हो। नेपाली महिलाहरुको आफ्नै त्याग, तपस्या र बलिदानबाट नै देश संघीय लोकतान्त्रिक गणतन्त्रमा आउन सफल भएको भयो। वर्तमान संविधानमा महिलाहरुको ३३ प्रतिशत संसदमा प्रतिनिधित्व सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलूकमा हाम्रो देश पर्न सफल भएको छ। देशमा राजनीतिक स्थायित्व पश्चात मूलुकको आर्थिक समृद्धिमा महिलाहरुको भूमिका महत्वपूर्ण छ। महिला माथि हुने सबै प्रकारका हिंसाहरुको कारणहरु मध्ये आर्थिक मुख्य हो। आर्थिक रुपमा महिला सबल नभई देश समृद्ध बन्दैन। महिलाहरुलाई शिक्षा र रोजगारमा समावेशी र समानुपातिक प्रणालीका अतिरिक्त विशेषाधिकारको व्यवस्था हुनु उत्तिकै जरुरी छ भनिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *