Sajhamanch Archive

पितृसतात्मक सोच कायमै रहनु चुनौती : प्रधानमन्त्री

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ  ।  प्रधानमन्त्री केपी ओलीले राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढेकोमा खुशी व्यक्त गरेका छन्। १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै संघीय संरचनामा महिलाहरुको प्रतिनिधित्व बढेको बताए । महिलाको कूल साक्षरता दरमा वृद्धि, मातृ मृत्युदरमा सुधार तथा उनीहरुको आर्थिक सशक्तिकरण भइरहेको तथ्याङ्कहरूले देखाएका छन्। प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, पैतृक सम्पत्तिमा समान हक, सामाजिक सुरक्षा र सामाजिक न्यायका लागि भएका नीतिगत र कानूनी व्यवस्थाका कारण सुधारका लक्षणहरू देखिएका छन्।

प्रधानमन्त्री ओलीले महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत् समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्ने व्यक्तित्वको स्मरण गर्दै उनले धार्मिक ग्रन्थहरुमा व्याख्या गरिएकी नारी र व्यवहारमा देखिने नारीको अवस्थाका बीचमा विद्यमान खाडल पुर्न सक्नुपर्ने बताएका छन्। हाम्रो समाजमा बोक्सीको नाममा हुने ज्यादती, दाइजो प्रथा, छाउपडीजस्ता कुरीतिका साथै यौन दुव्यर्वहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौती दिएको छ, प्रधानमन्त्री ओलीले भनेका छन्। उनले अब विलम्व नगरी विभेद र कुरीतिको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाज निर्माण गर्नुपर्ने उल्लेख गरेका छन्।

महिला र पुरुषबीच समानता कायम गर्न नीतिगत प्रयास हुँदाहुँदै पनि पितृसतात्मक सोच कायमै रहनु चुनौती भएको भन्दै उनले महिलाहरुको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म ुसमृद्ध नेपाल र सुखी नेपालीु को राष्ट्रिय संकल्प साकार हुन नसक्ने स्पष्ट पारेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *