Sajhamanch Archive

टाँडीबाट माडी जाँदै गरेको जन्ती बस दुर्घटना ,एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

कालिका । कसराचोकबाट १ किलोमिटर अघि चितवन राष्टिय निकुञ्ज भित्र जन्ती बोकेको बस दुर्घटना भएको छ ।

एक जनाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

टाँडीबाट माडी तर्फ जन्ति लिएर फकिएको ना ७ ख २२८ नम्बरको बस आँफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

मृत्यु हुनेमा माडी नगरपालिका २ बस्ने वर्ष २८ का मिथुन महतो रहेका छन् । अन्य घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीले बताईएको छ । टाँडीबाट माडीको चिरौली तर्फ जन्ति बोकेर जादै गरेको बस पल्टीएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *