Sajhamanch Archive

उत्तर कोरियामा आज संसदीय निर्वाचन , किम एक्लो उम्मेदवार

Published: in राजनीति, राष्ट्रिय समाचार by .

उत्तर कोरियामा संसदीय निर्वाचन हुँदैछ। नेता किम जोङ उन सत्तामा आएपछि दोस्रो पटक संसदीय निर्वाचन हुन लागेको हो।

अधिकारविहीन संसदको निर्वाचनका लागि छापिएको मतपत्रमा एक मात्र उम्मेदवारका लागि विकल्प रहेको र १७ वर्षमाथिका नागरिकलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।

सोही कारण पहिलो संसदीय निर्वाचनमा सतप्रतिशत मत खसेको थियो। किम परिवारले शासन गरिरहेको उत्तर कोरियामा मतदानका लागि हरेक नागरिकलाई उर्दी जारी गरिएको छ।

निर्वाचनलाई उत्तर कोरियाले जनगणनाका रूपमा लिने गरेको छ। उत्तर कोरियामा निर्वाचन एक मात्र बिकल्प रहेपनि गोप्य मतदानका लागि समेत नागरिक डराउने गरेको उत्तर कोरियाली जानकार फ्योडोर टेर्टस्किले जानकारी दिए।

कुनै पनि कानुन निर्माणका लागि नेता किमको स्वीकृतिपछि संसदले मोहर मात्रै लगाउने अधिकार पाएको विश्वास गरिदै आएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *