Sajhamanch Archive

ग्यास सिलिण्डरमा चुहावट भई आगलागी हुदा, ६ जना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड . झापाको कचनकवलमा खाना पकाउने ग्यास सिलिण्डर चुहावट भई आगलागी हुदाँ एक भारतीयसहित ६ जना घाइते भएका छन् ।

सोमबार बेलुका ७ बजे खाना पकाउने क्रममा ग्यास सिलिण्डर चुहावट भई आगलागी भएको बताइएको छ ।

आगलागीमा परी कचनकवल ५ स्थित पाठामारी निवासी ३० वर्षीया भारतीदेवी यादव, ६ वर्षीया नियाकुमारी यादव, ८ वर्षीय आयुष यादव, २९ वर्षीय शिवकुमार यादव, १८ वर्षीया रामप्रसाद यादव र भारत किशनगञ्ज निवासी २९ वर्षीया चन्द्राकुमारी यादव घाइते भएका हुन् ।

घाइतेको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

आगलागीमा परी उनीहरुको शरीरका विभिन्न भाग जलेको अस्पतालका जनसम्पर्क अधिकारी मनोज दाहालले बताए ।

घाइते सबैको सोमबार राति देखिनै आकस्मिक कक्षमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक मेहन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *