Sajhamanch Archive

सरकार वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउँदै छ ; मन्त्री विष्ट

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले पर्याप्त सुधारको कामलाई अघि बढाएको दाबी गरेका छन।

मन्त्री विष्टले युवाहरूलाई मुलुकभित्रै काम गर्ने वातावरण बनाउन सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक तोक्ने काम गरेको बताए।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री विष्टले युवा जनशक्तिलाई विदेश पलायन हुन नपर्ने गरी सरकार देश भित्रै रोजगारीको अवसर सृजना गर्न लागि परेको पनि बताए।

मन्त्री विष्टले मुलुकभित्रै रोजगारीको अवसर सृजना हुने गरी दक्ष जनशक्ति उत्पादनको कामलाई पनि सरकारले व्यवस्थित ढंगले अघि बढाउने आश्वासन दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *