Sajhamanch Archive

सुरुङ्गा खोलाको पूलमा दुर्घटना, दुईको मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गामा आज बिहान मोटरसाइकललाई ठक्कर दिई बस अनियन्त्रित भएर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा ६ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।

सुरुङ्गा नगरपालिका वडा नं. ५ कुशहास्थित सुरुङ्गा खोलाको पूलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४९३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २४ प ६४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दूर्घटना भएको हो । सो घटनामा मोटसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ५ का ६५ वर्षीय मोहम्मद मजलुम मियाँ र ४५ वर्षीय रामे पासवानको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कडरबोनाबका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले दिएको जानकारी अनुसार मोटरसाइकलाई ठक्कर दिएलगत्तै पुलमै बस पल्टिँदा बसमा सवार ७ यात्रु घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि लहानस्थित अस्पताल पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *