Sajhamanch Archive

प्रचण्डको अमेरिका भ्रमण आज…

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका जाँदैछन्।

श्रीमती सीता दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड आइतबार अपराह्न अमेरिका जान लागेको प्रचण्डको सचिवालयले जनाएको छ।

१० दिन लामो अमेरिका बसाइका क्रममा उनले केही राजनीतिक भेटघाट गर्ने समेत बुझिएको छ।

भेनेजुवला प्रकरणमा नेकपा अध्यक्ष समेत रहेका प्रचण्डको विवादस्पाद अभिव्यक्तिपछि बिग्रिएको सम्बन्ध पनि सुधार गर्ने प्रयास हुने बुझिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा रहेका बेला अध्यक्ष प्रचण्ले दिएको अभिव्यक्ति नेपाल कम्युनिष्ट पार्टी नेकपाले सच्याएर अर्को विज्ञप्ति निकालेको थियो।

भेनेजुयला प्रकरण प्रचण्डको व्यक्तिगत अभिव्यक्ति भनेर प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि दुई अध्यक्षबीचको सम्बन्धमा पनि चिसोपना आएको थियो।

त्यसपछि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अध्यक्ष प्रचण्डलाई निवासमै पुगेर भेट गरी अमेरिकाको निम्तो दिएका थिए।

एक मात्र छोरा प्रकाश दाहालको निधनपछि लामो समयदेखि बिरामी पर्दै आएकी सीतालाई सिंगापुर, थाइल्याण्ड, र भारत लगेर उपचार गरे पनि सञ्चो नभएपछि प्रचण्डले उनलाई अमेरिका लग्न लागेका हुन्।

उनको अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिीमोरस्थित जोन हप्किन्स अस्पतालमा उपचार हुने भएको छ।

प्रचण्डको साथमा छोरी ज्वाइँ गंगा दाहाल र जीवन आचार्य पनि जाने सचिवालयले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *