Sajhamanch Archive

लागुऔषध सहित पक्राउ …

Published: in राष्ट्रिय समाचार, समाज by .

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ गड्मे जंगलबाट नेपालमा प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन्।

सिराहाको लाहान नगरपालिका ५ बस्ने १९ वर्षीय मुस्ताक मियाँ चेकजाँच गर्दा पक्राउ परेका हुन्।

आइतबार प्रहरी चौकी लालपत्ताबाट गस्तीमा खटिएको प्रहरी टोलीले जंगलको बाटो हिड्दै गर्दा डाईजोलोपाम ३७ एम्पुल, लुपिजेसिक ३७ एम्पुल र फेनारागन ३७ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *