Sajhamanch Archive

बिर्तामोडमा मिस नेपालको अडिसन राउण्ड हुने

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

बिर्तामोड । मिस नेपाल २०१९ को झापा अडिसन आगामी मंगलबार झापाको बिर्तामोडमा हुने भएको छ ।

द हिडेन ट्रेजरले गर्दै आएको प्रतियोगिताको यो २५औं संस्करण हो । झापाको बिर्तामोडस्थित होटल फ्लोरिडामा हुने छनौट कार्यक्रमका लागि मिस नेपालकी कोरियोग्राफर रचना गुरुङ र अभिनेत्री आना शर्मा झापा आइपुगेका छन् ।

आइतबार भएको पत्रकार सम्मेलनमा कोरियोग्राफर गुरुङले यो वर्षको प्रतियोगितालाई भब्य बनाउने जानकारी दिइन् । झापाबाट धेरै प्रतियोगीहरुलाई सहभागी गराउने उद्देश्यले आफू स्वयम् अडिसन राउण्डमा यहाँ आएको उनको भनाई छ ।

झापामा सोमबार र मंगलबार कलेज एक्जिविशनसहितका कार्यक्रम राखिएको हिडन ट्रेजरका प्रदेश १ संयोजक प्रणित पुडासैनीले जानकारी दिएका छन् । त्यसरी अडिसनमा छानिएकाहरूको अन्तिम छनोट भने काठमाडौंमा मार्च २४ मा हुने मिति तय गरिएको छ ।

मिस नेपाल २०१९ का लागि १९ देखि २५ वर्षसम्मका अविवाहित युवतीहरू सहभागी हुन सक्नेछन् । त्यसका लागि ४.५ इन्च भन्दा बढी उचाई भएका एवं नेपाली नागरिकता र पासपोर्ट भएको हुनुपर्ने सर्त तोकिएको छ ।

हिडेन ट्रेजरका अनुसार प्रतियोगिताबाट मिस वर्ल्ड नेपाल, मिस अर्थ नेपाल, मिस इन्टरनेसनल नेपाल, मिस युनिभर्स नेपाल तथा मिस सुप्रानेसनल नेपालको छनोट हुनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *