बर्ने च्यालेन्ज कप फुटबल चैत ११ गतेबाट
Published:
by .शान्तिनगर । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ बर्ने च्यालेञ्च कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
युनिटी युथ क्लव बुद्धशान्ति–४ बर्नेको आयोजनामा यही चैत ११ गते सोमबारबाट चैत १८ गतेसम्म सञ्चालन हुने खेलमा झापा र इलामका गरी ८ वटा फुटबल टोलीको सहभागिता रहने आयोजक समितिका अध्यक्ष डिल्ली माँवो (लिम्बू)ले जानकारी दिए ।
राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले सो प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा आयोजक युनिटी युथ क्लब, बिर्तामोड युनाइटेड, सतासीधाम स्पोर्टिङ क्लब झिलझिले, धुलाबारी एकाडेमी, धाइजन एकाडेमी, आदर्श युथ क्लब बुधबारे, फिक्कल आइम क्लब इलाम र नवज्योति युवा क्लब जयपुरको टोलीले सहभागिता जनाउने आयोजकले बताएको छ ।
बर्ने चिया बगानको खेलमैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको पहिलो पुरस्कार लोजिना एण्ड लासेमा कन्ट्रक्सन प्रालिका प्रोपाइटर लक्ष्मी माँवो (लिम्बू) र सामाजिक ब्यक्तित्व टेकबहादुर माँवो (लिम्बू)ले प्रायोजन गर्ने भएका छन् । यस्तै दोस्रो पुरस्कार एराएभरग्रीन माध्यमिक विद्यालय र ब्राइट फ्यूचर माध्यमिक विद्यालयले प्रायोजन गर्ने आयोजक समितिका अध्यक्ष माँवोले बताए ।
प्रतियोगिताको विजेता टोलीले नगद ३५ हजार रुपैयाँ र उपविजेता टोलीले नगद २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि करिव ४ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।
२०६९ सालमा स्थापित युनिटी युथ क्लबले सामाजिक काम र खेलकुदलाई प्राथमिकता दिँदै आएको छ । प्रतियोगिताको उद्घाटन जिल्ला फुटबल संङ्घ झापाका अध्यक्ष भगिरथ आले (मामा) ले गर्ने बताइएको छ ।
Comments