Sajhamanch Archive

निर्मला बलात्कार र हत्या ; साढे १० लाखमा थुना मुक्त भए तत्कालिन एसपी विष्ट

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । कञ्चनपुर जिल्ला अदालतले तोकेको १० लाख रुपैयाँ धरौटी तिरेर तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी दिल्लीराज विष्ट थुना मुक्त भएका छन्।

कञ्चनपुर जिल्ला अदालतले प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई यातना दिएको अभियोगमा आइतबार साढे १० लाख धरौटी रकम तिर्न आदेश गरेको थियो।

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले आदेश दिँदै दिलिपसिंह विष्टका दाइ खडक विष्टले दिएको यातनाविरुद्धको मुद्दामा ६ लाख रुपैयाँ धरौटी र निर्मलाकी आमा दुर्गादेवी पन्तले दिएको प्रमाण नष्टको मुद्दामा ४ लाख ५० हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो।

प्रमाण नष्ट गरेको अभियोगमा आठजना प्रहरी अधिकारीविरुद्ध मुद्दा परेको थियो। जसमा ६ यस अघिनै नै धरौटीमा छुटिसकेका छन्।

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी अंगुर जिसी भने कञ्चनपुर जिल्ला अदालतमा अझै हाजिर भएका छैनन्। उनले समय सिद्धिनु पहिले नै अदालतमा उपस्थित हुने बताएका छन।

निर्मलाको साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो। उक्त प्रकरणका दोषी अझै पत्ता लाग्न सकेका छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *