Sajhamanch Archive

निर्वाचन प्रतिस्पर्धामा उत्रिए प्रकाश राज

Published: in राजनीति, राष्ट्रिय समाचार, विविधा by .

एजेन्सी । चर्चित अभिनेता प्रकाश राजले चुनाव लड्ने भएका छन् । साउथ फिल्ममा निकै चर्चा बटुलेका अभिनेता प्रकाश राजले आसन्न लोकसभा निर्वाचन लड्ने भएका हुन् ।

उनले शुक्रबार उमेद्वारी दर्ता गराएका छन् । निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका प्रकाशले बेंगलुरु सेन्ट्रलबाट स्वतन्त्र उमेद्वारको रुपमा उमेद्वारी दिएका हुन् ।

उनले कर्नाटक राज्यबाट उमेद्वार दिएका हुन् । अघिल्लो विधानसभा निर्वाचनदेखि सत्तारुढ भाजपा र मोदीका नीतिहरुको प्रखर आलोचक रहदैं आएका अभिनेता प्रकाश राजले अब फिल्म क्षेत्रमा मात्र नभइ राजनितिमा पनि प्रबेश गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *