Sajhamanch Archive

पत्रकार पुरीलाई पितृशोक

Published: in राष्ट्रिय समाचार, समाज by .

अर्जुनधारा । झापाका पत्रकार उद्धव पुरीलाई पितृशोक परेको छ । ब्लाष्ट टाइम्स दैनिकको बिर्तामोड शाखामा कार्यरत पत्रकार पुरीका ७७ वर्षीय पिता लेखनीप्रसाद पुरीको आज अर्जुनधारा ५ लक्ष्मीपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।

विगत ८ वर्षदेखि प्यारालाइसिस रोगबाट पीडित लेखनीप्रसादका श्रीमती चन्द्रमाया पुरी, तीन छोरा–बुहारी उद्धव र रिता पुरी, नविन र पुनम पुरी, जीवन र तुलसा पुरी तथा दुईजना छोरी ज्वाईं तारा र शिव गिरी एवम् मुना र विकास गिरी रहेका छन् ।

स्वर्गीय लेखनीप्रसादको भोलि दिउँसो ११ बजे कनकाई माईमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । पत्रकार पुरीका पिताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा साझामञ्च मिडिया प्रालि परिवार हार्दिक समवेदना व्यक्त गर्दछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *