Sajhamanch Archive

खोटाङमा विधुत अवरुद्ध

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

खोटाङ । खोटाङमा विधुत अवरुद्ध भएको छ । सोमबार राती वर्षासँगै आएको हावाहुरीका कारण विधुत अवरुद्ध भएको हो ।

उदयपुरको टपन र दियालो भन्ने जंगलको वीचमा रुख लडेर विधुत अवरुद्ध भएको हुनसक्ने विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेश यादवले बताए ।

संम्भावित स्थलमा प्राविधिक खटाइ सकिएको छ । विधुत अवरुद्ध हुंदा खोटाङसहित छिमेकी जिल्ला ओखलढुंगाका सेवाग्राही समेत मर्कामा परेका छन् ।

खोटाङमा १२ हजार ८ सय ८ जना यसका ग्राहक छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *