Sajhamanch Archive

ट्रकको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

चितवन । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–८ का ३५ वर्षीय भोमबहादुर पुलामी मगर रहेका छन्।

उनका श्रीमती र छोरा घाइते भएका छन्। वीरगञ्जबाट भरतपुरतर्फ आउँदै गरेको ना ४ ख ९९८१ नम्बरको मालबाहक ट्रकले विपरीत दिशातर्फ गइरहेको ग १४ प ५५७२ नम्बरको मोटरसाइकललाई पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका १ गणेशचोकमा मंगलबार बिहान १०ः२० बजे ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबाट एउटै मोटरसाइकलमा सवार पुलामीसहित उनकी श्रीमती र छोरा घाइते भएका थिए।

पुलामीको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा बिहान ११ मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते ३० वर्षीया कालीमाया र ८ वर्षीय लीलबहादुरको पुरानो मेडिकल कलेजमै उपचार भइरहेको छ।

मृतक मगरको शव भरतपुर अस्पतालमा राखिएको छ। ठक्कर दिने ट्रक, चालक र मोटरसाइकल खैरहनी प्रहरीको नियन्त्रणमा छ।

थाहाबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *